बैशाख ३०, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ। स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।।
आज शनिबार दिउँसो बागमती प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पुर्वानुमान गरिएको छ।
त्यस्तै आज नै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता