Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पहाडी क्षेत्रमा वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना।

  •   ३ वर्ष अघि | १८ जेष्ठ २०८०, बिहिबार

जेठ १८, काठमाडौँ । देशमा  अहिले पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ।  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहिबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । आज कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।

त्यस्तै महाशाखाले आज राति भने गण्डकी प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप