Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिन प्रदेशमा आंशिकदेखि साधरणतया बदली , चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले अहिले बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली  रही अन्य भूभागको मौसम सफा रहेको छ ।

आज आइतबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश  र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति देशभर आंशिक देखि साधरणतया बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप