भदौ १५, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै देशभर अहिले बंगालको खाडीको उत्तर–पूर्वी भागमा रहेकाले न्यून चापीय प्रणाली विकसित भइरहेको छ । यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति भने गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ।
- न्युज बहार संवाददाता