काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनी वायुको प्रभावले अहिले देशका विभिन्न स्थानमा हल्का देखी मध्यम खालको वर्षा भइरहेको छ।
आज सोमबार देशभर सामान्यदेखि पूर्ण बदली भइ सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता