चैत १०, काठमाडौँ । देशका विभिन्न भूभाग लगायत काठमाडौँमा अहिले वर्षा भइरहेको छ ।
मौसमविद्
गोविन्द झाका अनुसार मध्यराति पौने १२ बजेदेखि सुरू भएको वर्षा काठमाडौँमा केहीबेर
रोकिएर बिहानीपख पुनः सुरू भएको छ ।
झाले काठमाडौँ
उपत्यकासहित पाँचथर, मोरङ, सुनसरी, सिन्धुली,
उदयपुर, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, स्याङ्जा, चितवन
र गोरखका
एक दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएका छन ।
मौसमविद
झाका अनुसार आगामी तीन दिनसम्म गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा
राम्रै पानी पर्ने सम्भावना रहेको छ ।
उनले भने
‘लगातार झरी पर्ने होइन, रोकिने पर्ने भने भइरहन्छ।’
उनका
अनुसार आज दिउँसो पनि बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका विभिन्न स्थानहरूमा
पानी पर्ने सम्भावना छ भने काठमाडौँमा पनि दिउँसो पानी पर्ने सम्भावना देखिएको छ ।
- न्युज बहार संवाददाता