बैशाख ८, काठमाडौव। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ
भने चाँदीको मूल्य स्थिर रहेको छ।
बिहीबार
प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज शुक्रबार प्रतितोला चार सय रुपैयाँ
बढेको हो।
आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको।
आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बिहिबार पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो।
- न्युज बहार संवाददाता