Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली बजारमा सुनको मुल्य तीन दिनमै तोलामा ५२ हजारभन्दा बढी गिरावट

  •   ८ महिना अघि | २० माघ २०८२, सोमवार

माघ १९, काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। पछिल्ला केही दिनदेखि ओरालो लागेको सुनको भाउ सोमबारसम्म आइपुग्दा निरन्तर घट्दो क्रममा देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबारदेखि सुरु भएको गिरावटले सोमबारसम्म निरन्तरता पाएको हो। शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको सुन आइतबार थप १८ हजार ८ सय रुपैयाँ र सोमबार १३ हजार ४ सय रुपैयाँले घट्दा तीन दिनको अवधिमा प्रतितोला कुल ५२ हजार ७ सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ५ हजार २ सय रुपैयाँमा झरेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय ५ रुपैयाँ कम हो।

  • न्युज बहार संवाददाता

थप