Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकै दिन ९ हजार ५०० रुपैयाँले बढ्यो सुनको मुल्य

  •   ८ महिना अघि | १५ माघ २०८२, बुधबार

माघ १४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुँदै फेरि नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। पछिल्ला पाँच दिनदेखि दुबै धातुको मूल्य लगातार बढ्दै नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेको छ।

आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्यलाई उछिन्दै आज सुनले नयाँ उचाइ छोएको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज उल्लेखनीय रूपमा बढेको छ। आज चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। यसरी, चाँदीले पनि अघिल्लो रेकर्डलाई तोड्दै आज नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ।

  • न्युज बहार संवाददाता

थप