Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बढ्यो सुनको भाउ, निरन्तर नयाँ रेकर्ड

  •   ८ महिना अघि | १४ माघ २०८२, मङ्लबार

माघ १३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्ला चार दिनदेखि दुबै धातुको मूल्य लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ।

आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्यलाई उछिन्दै आज सुनले नयाँ उचाइ छोएको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज नयाँ रेकर्डमा पुगेको छ। आज चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। यसरी, आज चाँदीले पनि अघिल्लो दिनको रेकर्ड तोड्दै ऐतिहासिक उचाइ बनाएको छ।

  • न्युज बहार संवाददाता

थप