Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि

  •   ६ महिना अघि | २५ चैत्र २०८२, बुधबार

चैत २५, काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।

अघिल्लो दिन अर्थात् मंगलबार तोलामा चार सय रुपैयाँले बढेको सुनको भाउ आज भने झन् उकालो लाग्दै प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम रहेको थियो।

त्यसैगरी, चाँदीको भाउमा पनि आज वृद्धि भएको छ। मंगलबार प्रतितोला चार हजार आठ सय २० रुपैयाँमा किनबेच भएको चाँदी आज पाँच हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। यससँगै चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रुपैयाँको वृद्धि भएको छ।

  • न्युज बहार संवाददाता

थप