नेपाली सुन चाँदी बजारमा बुधबार सुन-चाँदी दुबैको को मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता