माघ २६, काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार
बिहान बस्ने भएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान
बस्ने गरी स्थगित गरिएको हो ।
प्रचण्डको
प्रेस संयोजक सूर्यकिरण शर्माले दिएको जानकारी अनुसार बिहीबार सत्ता गठबन्धनमा
रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो,
तर त्यो स्थगित भयो ।
बिहीबार उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने समयमा एमाले
अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको थियो । छलफलपछि अध्यक्ष
प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार
बिहान ९ बजे बस्ने गरी आज स्थगित भएको जानकारी दिए ।