कार्तिक ४, काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले बृद्धी भएको छ ।
गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा ५ हजार ४०० ले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
छापावाल सुनको मूल्य गत साताको शुक्रबार तोलामा १ लाख १० हजार १०० रुपैयाँ रहेको थियो । यो साताको शुक्रबार सम्म आइपुग्दा छापावाल सुन तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाली बजारमा यो साता तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । गत शुक्रबार तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य यो साता तोलामा ५५ रुपैयाँ बढेको महासंघले जनाएको छ। चाँदीको मूल्य गत साता तोलामा १३ सय ४५ रुपैयाँ थियो भने यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।
- न्युज बहार संवाददाता