फागुन
२४, काठमाडौँ। छापावाला सुन आज बुधबार प्रतितोला एक हजार रूपैयाँले घटेको छ।
नेपाल
सुनचाँदी व्यवसायी महासंघले हिजो मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले
कारोबार भएको सुन आज बुधबार एक लाख एक हजार पाँच सय रूपैयाँले कारोबार भएको जानकारी
दिएको छ।
नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले
घटेको छ। मंगलबार
प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक
हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको बताएको छ।
अन्तर्राष्ट्रिय
बजारमा आज सुनको मुल्य प्रतिऔंस १८ सय १० अमेरिकी डलर रहेको छ।
- न्युज बहार संवाददाता