Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्से परिसूचकमा एकल अंकको बृद्धी

  •   १ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार

फागुन ८, काठमाडौँ । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा बन्द भएको  हो ।

नेप्सेमा एकल अंकको बृद्धी भएतापनि यस दिन कारोबार रकम भने घटेको छ । आज बजारमा ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको एक कारोड ५६ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज एउटा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन बाराही हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्बरमा रहेको छ । उक्त कम्पनिको ६५ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक ३.७७ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ। आज वित्त बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाईड्रोपावर, लगायतका उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप