चैत १, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ ।
आज सुनको
भाउ प्रतितोला आठ सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बिहीबार नेपाली बजारमा चाँदीको
मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला ५० रूपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता