फागुन २०, काठमाडौँ । नेपाली बजारमा आइतबार साताको पहिलो दिन सुन–चाँदी दुबैको मुल्य बढेको छ ।
यस दिन सुनको
भाउ प्रतितोला दुई हजार रूपैयाँले बढेको हो ।
आज
छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २०
हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला २० रूपैयाँल बढेको हो ।
चाँदी आज प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता