चैत २७, काठमाडौँ । आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ
रेकर्ड कायम गरेको छ।
सुनको
मूल्यले बिगत तिन दिन देखि लगातार नयाँ रेकर्ड बनाइरहँदा सुन आज हालसम्मकै उच्च
विन्दुमा किनबेच भइरहेको छ ।
आज सुन प्रतितोला एक रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
आज मंगलबार
चाँदीको भने स्थिर रहेको छ ।
स्थिर
रहेको चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता