फागुन १६, सप्तरी । आज बिहान सप्तरीको कञ्चनरुप नगरपालिकामा भएको दुर्घटनामा
दुई जनाको मृत्यु भएको छ। कञ्चनरुप –९ विष्णु मन्दिर
नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको
बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको स्कारपियो एकापसमा ठक्कर खाँदा एक
महिला र एक पुरुषको मृत्यु भएको हो ।
सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको
घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ। दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् ।
स्थानिय
धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात उनीहरूलाई थप उपचारका लागि
विराटनगर पठाइएको छ ।
- न्युज बहार संवाददाता