Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

माछापोखरीमा रहेको अस्थाई प्रहरी विटमा आन्दोलनकारीद्धारा आगजनि ।

सर्वसाधारणहरु अध्याँरो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, काठमाडौं । माछापोखरीमा रहेको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आगजनी गरेका छन् । यस अगी आन्दोलनकारीहरुले ‍डिएसपी चड्ने भ्यानमा आगो लगाएका थीए ।

दिउँसो एक बजेदेखि नै यस क्षेत्र  तनाब ग्रस्त बनेको थियो । आन्दोलनरत मजदुरहरुले कहिले प्रहरीका भ्यान त कहिले सडकमा भएको डिभाइडर मा आगो लगाईरहेका थीए । आन्दोलनकारीहरुले प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत हुदै भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन ।आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन । यतिबेला प्रहरी घटनास्थलमा छ । र अवस्था साम्य पार्न केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । भने यता जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन ।


यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।यता अर्को तर्फ अध्याँरो भइसक्दा पनि आन्दोलन रोकिएको छैन। आन्दोलन नरोकिँदा सर्वसाधारण समस्यामा परेका छन । कार्यालय र कामबाट फर्किनेहरुले गाडी पाउन सक्ने कुरा त छैननै भने माछापोखरी क्षेत्रमा पैदल हिँड्न पनि डर लाग्ने अवस्था आएको छ । प्रदर्शन अन्त्य भएपछि सजिलै घर फर्किने भनेर पर्खिरहेका सर्वसाधारणहरु अध्याँरो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन।


अहिले माछापोखरी क्षेत्रमा हात उठाएर हिडिरहेका सर्वसाधारण देख्न सकिन्छ ।हात उठाएर हिडेमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर गुप्रमा हिँडिरहेका देख्न सकिन्छ ।

थप