Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइदै

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौँ । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी पर्व भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । 

अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म त्रेतायुगमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार भगवान रामचन्द्रको जन्म कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । 

राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । यस दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

आज काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिर लगायत अन्य शक्तिपिठहरुमा भक्तजनको चहलपहल धेरै देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप