फागुन ५,
काठमाडौँ । आज फागुन ५ गतेको ताईको दिन
कस्तो हुने छ भन्ने जिज्ञासा मेटाउनको लागी हामीले तपाइहरुको राशिफल लिएर आएका छौँ
। हेरम है त तपाइको आज ज्यो.प. नारायणप्रसाद दुलालको
राशीफलबाट ।
मेष - प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक
रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।
वृष - आज स्वास्थ्य तथा
सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि
उतारचढाव आइ रहनसक्छ ।
मिथुन - आम्दानी बढाउने
काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र
दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।
कर्कट
- आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन
लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
सिंह - शुभ समाचार
सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा
जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
कन्या - विद्या र
बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन
खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।
तुला - साथी भाइको
भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो
यात्राको योग पनि रहेको छ ।
वृश्चिक
- आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव
बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु - सहयोगी हातहरू
अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार
व्यवसायमा फाइदा होला ।
मकर - आकस्मिक धन लाभ
हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर
अरूको मन लोभ्याउन सकिनेछ ।
कुम्भ - आजको यात्रामा
बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा
समस्या बढ्न सक्नेछ ।
मिन - आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
राशिफलमा जे लेखिए पनि तपाईंको दिन शुभ रहोस् शुभदिन ।