Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र ९ गते बिहिबारको राशीफल।

  •   ४ वर्ष अघि | ९ चैत्र २०७९, बिहिबार

शुभ बिहानी, आज चैत्र ९ गते चैत शुक्ल द्वतिया तिथी बिहिबार। आज विश्व मौसम विज्ञान दिवस। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज मन खिन्न हुने स्थिति आउन सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा राम्रो होला। राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ।

वृष – आज तपाईको आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुने योग छ।

मिथुन – आज तपाईंको घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिनने सम्भावना रहेकोछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुलाई आज भाग्यले साथ दिनेछ। आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला। आफन्तजनहरू खुसी हुने समाचार दे योग छ।

सिंह –तपाईले आज घरायसी वातावरणमा केही असामान्यता देख्न सक्नुहोला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ला र आम्दानीमा पनि कमी आउन सक्ला।

कन्या –   आज कन्या राशीका तपइहरुको परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ। परोपकारी कार्यमा संलग्न भइएला।

तुला – आज तपाइको वाणीमा कुशलता आउने दिन रहेको छ भने करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह हुनेछ। यात्रा गर्ने अवसर पनि आउन सक्छ।

वृश्चिक - आज तपाईको धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुने योग छ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम रहिरहला। रोकिएका काम पुनः सुरु हुने छ।

धनु – तपाइको आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्ने योग छ। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने समय छ, तर आफन्तको साथ र सहयोग पाईएला।

मकर - मकर राशीका तपाईको परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुने समय छ। आजको दिन मनोरञ्जनपूर्ण पनि रहला। व्यवसायिक क्षेत्रबाट पनि लाभ नै हुनेछ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्ने समय छ। अरूको मन सजिलै जित्न पनि सकिनेछ।

मिन – तपाईलाई आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ला। परोपकारी कार्यमा संलग्न भइएला र प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय रहला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप