पुस १, काठमाडौँ
। आज छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । झण्डा दिवसको अवसरमा राष्ट्रिय
धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज काठमाडौँको वसन्तपुरबाट र्याली समेत
निकालेको हो । उक्त र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।
संयुक्त
राष्ट्रसंघमा २०१९ साल पुसको १ गते नेपालको झण्डालाई अंगीकार गरिएको र
अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय
धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले झण्डाको
पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताएका छन ।
- न्युज बहार संवाददाता