Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखी नमोबुद्ध एतिहासिक जात्रा सुरु

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, काभ्रेपलाञ्चोक । आजदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा जात्रा सुरु भएको छ ।

आज कात्तिक शुक्ल पूर्णिमा तिथि अर्थात शान्तिका प्रतीक गौतम बुद्धले पूर्वजन्ममा ‘राजकुमार’को देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन भन्न गरिन्छ । 

बुद्धले लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरिको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको स्थान भन्ने किंवदन्ती रहेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा सोही काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा  मेला लाग्दै आएको हो ।

द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा किंवदन्ती अनुसार पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यो मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने गरेका छन । जात्रा आज देखि रातभरि र भोलि पनि नमोबुद्धमा लाग्ने गर्दछ । यस मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिने छ। सो गित तथा संस्कृतिक नृत्य हेर्न लाखौँको भीड लाग्ने गर्दछ । 

  • न्युज बहार संवाददाता

थप