Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २७ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | २७ भदौ २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल भदौ २७ गते, भदौ कृष्ण चतुर्दशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज समाजसेवामा मन जानेछ। ठीक समयमा सही निर्णय लिन सक्नाले महत्वपूर्ण कामको थालनी हुने र कुनै कुराले मनमा शान्ति छाउन सक्छ।

वृष – तपाइको आज रमाइलो यात्राको सम्भावना रहेको छ। रोकिएको धन हात पर्ने र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत मिल्नसक्छ।

मिथुन - तपाई आज आफूलाई कमजोर भएको अनुभूति होला। मन खिन्न हुने स्थिति आउने र शरीर भारी तथा मन अस्थिर रहने संकेत देखिएको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज राजनैतिक कार्यमा सफलता मिल्ला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा घरमा अतिथिको आगमन हुने तर स्वास्थ्यको ख्याल गर्नु पर्ने समय छ।

सिंह – तपाईको आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। मनोरञ्जनको क्षेत्रमा सफलता पाइएला।

कन्या - कन्या राशीका तपाईको आज महिला वर्गबाट विशेष साथ र सहयोग प्राप्त होला। अरुलाई प्रभावित पारेर काम बन्ला। सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइएला।

तुला - तपाइको आज स्वास्थ्यमा समस्या आउने देखिन्छ। सहकर्मीबाट विरोध आउने र गरेका काममा ढिलासुस्ती पनि होला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।

वृश्चिक – तपाईको आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। साथीभाइसँग समय बित्ला। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।

धनु – तपाइको आज श्रमको उचित मूल्याङ्कन होला। बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ। जोशजाँगर र उमंग बढ्ने तथा आर्थिक कारोबारमा सफलता पाइने समय छ।

मकर - मकर राशीका तपाइको आज पारिवारिक जमघटमा मन रमाउला। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज गर्न खोजेका कार्यमा बाधा आउनसक्ला। मनमा अशान्ति र यात्रामा बिघ्नबाधा पनि आउन सक्नेछ।

मिन – तपाइको आज शुभ कार्यमा सरिक भइएला। चिताएको कामले तीव्रता लिने र कलासाहित्यमा रुचि बढ्ने तथा वैदेशिक कार्य पनि अघि बढ्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप