Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २८ गते मंगलबारको राशीफल।

  •   ४ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

शुभ बिहानी, चैत्र २८ गते बैशाख कृष्ण पञ्चमी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज आफूलाई कमजोर भएको महशुस होला। आवेग, रिस र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल मिल्ने योग छ।

वृष– तपाईको आज चिताएको कामले तीव्रता लिनुका साथै सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने योग छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ।

मिथुन – तपाईको आज लाभदायक यात्राको सम्भावनालाई रहेको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र मानसम्मान पनि पाइने छ।

कर्कट - कर्कट राशी हुनेहरुले आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगति हुनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली छउनेछ।

सिंह –तपाईले आज विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने र दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्ने सम्भावना रहेको छ।

कन्या –   आज कन्या राशीका तपाईको दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ, स्वादिष्ट भोजन मिल्नेछ। शुभकार्यको चर्चा चल्ने र परिवारमा सुख सन्तोष पनि छाउने योग छ।

तुला – आज तपाइको लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होला, रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा हुने देखिन्छ।

वृश्चिक – तपाईको आज रोकिएका काम पुनः सुरु हुन सक्नेछन भने जमिनको कारोबारबाट राम्रो फाइदा होला। जटिल ठानिएको कामसमेत सजिलै सम्पादन हुनेछ।

धनु –तपाइको आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ, पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाइने सम्भावना रहेको छ।

मकर - मकर राशीका तपाईको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र परिवारजनको साथले नयाँ आशा पलाउने देखिन्छ भने नयाँ कार्यको योजना पनि बन्न सक्छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता हात पर्न सक्छ।

मिन – तपाईले बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सजिलै सम्पादन हुन सक्छ भने अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी हुनुहोला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप