शुभ बिहानी, आज २०८० साल मंसिर २७ गते, मंसिर शुक्ल प्रतिपदा तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज अभिभावकको आशीर्वादले काम बन्नसक्छ, नाक तथा घाँटीमा समस्या आउने र राजनैतिक
कार्यमा बाधा आउन सक्छ।
वृष – तपाइको आज व्यावसायिक नयाँ
योजनाहरु बन्न सक्छ। दानपुण्यका कार्यमा सहभागी भइएला। सानो प्रयत्नले ठूलो काम सम्पादन होला।
मिथुन - तपाईको आज प्रेमको डोरो पनि
कसिलो होला। सद्विचारले अभिप्रेरित
हुनेहरूलाई बिस्तारै बढी लाभ होला। सामाजिक कार्यमा सफलता हात पर्नसक्छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नजिकको व्यक्तिबाट धोका पाइएला, मन खिन्न हुने स्थिति आउनाले खानपानमा
ख्याल गर्नु होला।
सिंह – तपाईको आज प्रतिस्पर्धामा उत्तीर्ण हुन भइएला। कार्य सम्पादनमा केही सहजता मिल्ने र
प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज स्मरण शक्ति बढ्ने योग रहेको छ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।
अध्ययनमा रुचि जाग्नेछ।
तुला - तपाइको आज प्रेममा एक अर्कालाई शंका गर्नाले
छुट्टिनुपर्ने बाध्यता आउनेछ। आफन्तसँग मनमुटाव सिर्जना हुने योग पनि छ।
वृश्चिक – तपाईको आज भीडभाडबाट बचेर
हिँड्दा राम्रो होला। कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउला। दाम्पत्य जीवन सुखमय होला।
धनु – तपाइको आज दिनको उत्तरार्ध
सुखद् रहला, राजनैतिक कार्यमा सफलता मिल्नुका साथै नयाँ योजना र शुभकार्यको चर्चा होला।
मकर - मकर राशीका तपाइको आज आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्नेछ। अनुहारमा चमक र मन प्रसन्न हुनेछ।
घरमा शुभकार्यको चर्चा होला।
कुम्भ - कुम्भ राशीका तपाइको आज आतिथ्यपूर्ण सम्मान पाइएला, काम देखाएर अरूको मन लोभ्याउन सकिएला। प्रेम
र मित्रताको बन्धन कसिने समय छ।
मिन – तपाइको आज स्वास्थ्य
प्रति सजग रहनु होला। महिला वर्गबाट विशेष सहयोग पाइएला। प्रविधि मार्फत
आफन्तसँग भेटघाट होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता