शुभ बिहानी, आज २०८० साल असार ९ गते, असार कृष्ण षष्ठी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज अचल सम्पत्ति हात पर्ने, धार्मिक कार्यमा रुचि बढ्ने,
वित्तिय संस्थाबाट सहयोग पाइने र प्रेम तथा मित्रताको बन्धन कसिने योग छ।
वृष - तपाईको
आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने, शरीर
भारी र मन अस्थिर रहने र मनमा चञ्चलता पनि बढ्ने योग रहेको छ ।
मिथुन - तपाईको
आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सजिलै
सम्पादन हुन सक्नेछन। आयआर्जनका क्षेत्रमा सुधार आउने र बौद्धिकताको विकास होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। अरुको मन
जित्न सकिएला। लाभदायक यात्राको र वैदेशिक कार्य पनि अघि बढ्ने योग छ।
सिंह – तपाईको आज
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। दाम्पत्य जीवन सुखमय रहला। धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्ला र मान प्रतिष्ठामा वृद्धि हुनसक्छ।
कन्या - कन्या राशीका तपाईको आज व्यर्थको यात्रामा जान बाध्य हुनुहोला। मन खिन्न
हुने स्थिति आउन सक्छ। पेट सम्बन्धी समस्या आउनुका साथै शेयर बजारको लगानीले पनि
साथ नदिन सक्छ।
तुला - तपाइको आज शुभकार्यको
चर्चा हुनेछ। नयाँ काम वा रोजगार पाइने र राजनैतिक कार्यमा सफलता मिल्नुका साथै
जोशजाँगर, हिम्मत पनि बढ्नसक्छ।
वृश्चिक – तपाईको आज मङ्गल कार्य हुने, चिताएको कामले तीव्रता लिने,
व्यापार र
व्यवसायबाट फाइदा लिन सकिने, महिला मित्रबाट
विशेष सहयोग मिल्नेछ योग छ।
धनु – तपाइको आज मानसिक चिन्ता बढ्नेछ। कार्यक्षेत्रमा प्रगति होला।
अरुलाई प्रभावित पारेर काम बन्ने र पुँजीबजार या शेयर बजारको लगानीले धन प्राप्ती
होला।
मकर - मकर राशीका आज आज कार्य सम्पादनमा
समस्या आउनसक्छ। सरकारी निकायको भय होला। मनमा शङ्का र अविश्वास उत्पन्न हुँदा
आर्थिक लाभ भने होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज विद्या र बुद्धिको
विकास हुनसक्छ। मङ्गल कार्यको, पार्टी पिकनिक तथा सेमिनारमा सहभागी हुने र
रोजगारको अवसर मिल्ने योग छ।
मिन –
तपाइको आज शुभकार्यको
चर्चा होला। कुनै कुराले मनमा शान्ति छाउनुका साथै व्यापारमा सफलता र रुचि बढ्ने र
उपहारको सम्भावना पनि रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता