Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २५ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन २५ गते, साउन कृष्ण दशमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा होला। प्रेमीको सहयोग पाएला। विश्वास गरेकाले साथ दिने तथा दिनको उत्तरार्धमा धन खर्च पनि हुनसक्छ।

वृष  - तपाइको आज अधुरा कार्य पूरा गर्न सहयोग पाइएला। रमाइलो यात्रा हुने, नयाँ कार्यको योजना बन्ने शत्रुमाथि विजय मिल्ने योग रहेको छ।

मिथुन - तपाईको आज स्वास्थ्यमा समस्या आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। प्रेममा बाधा आउनुका साथै वैदेशिक क्षेत्र पनि कमजोर रहला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नसक्छ।

सिंह – तपाईको आजको दिन भाग्यशाली भएर देखा पर्ने, बन्धु बान्धवबाट सहयोग मिल्ने, पुनर्मिलनको र शुभकार्यको चर्चा पनि चल्ने योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज पुनर्मिलनको तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्ने, बन्धुबान्धवबाट सहयोग मिल्ने, प्रेमीको सहयोग पनि पाइने योग छ।

तुला - तपाइको आज मानसिक चिन्ता बढ्न सक्ने, प्रणयसम्बन्ध र रतिराग बढाउने तथा पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइने समय छ।

वृश्चिक – तपाईको आज इच्छा र आकाङ्क्षा पूर्ण होलान। सन्तान सुख मिल्ला। जोशजाँगर र हिम्मत बढ्ने तथा धर्मकर्म तथा समाजसेवामा मन पनि जानेछ।

धनु – तपाइलाई आज कूटनीतिक नियोगको सहयोग मिल्ला। गरेको कार्यमा सफलता पाइएला। कुनै कुराले मनमा शान्ति छाउला र नजिकको व्यक्तिबाट कार्य पुरा होला।

मकर - मकर राशीका तपाइको आज एउटै कामबाट दोहोरो लाभ पाइएला। सांगीतिक क्षेत्रमा रुचि बृद्धि होला। दाम्पत्य जीवन सुखमय रहला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। राजनैतिक कार्यमा पनि बाधा आउला।

मिन – तपाइको आज शत्रु पराजित होलान। शैक्षिक क्षेत्रमा सफलता पाइएला। समाजसेवामा मन जानेछ। बन्धुबान्धवबाट सहयोग पनि मिल्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप