Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख ५ गते मंगलबारको राशीफल।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल बैशाख ५ गते बैशाख कृष्ण त्रयोदशी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज मन भावुक र उत्ताउलो होला। अनावश्यक ठाउँमा धन खर्च हुने र जिद्दीपनाले गर्दा काम बिग्रने डर हुनेछ। सरकारी निकायको भय पनि हुनसक्छ।

वृष– तपाईको आज शुभकार्यको चर्चा चल्ने र आँटेको तथा तोकेको कार्य पुरा हुनसक्छ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ भने पढाइमा प्रगति नै हुने समय छ।

मिथुन – तपाईलाई आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आकस्मिक धनलाभ हुने योग छ। महिला वर्ग बाट सहयोग मिल्ने र पारिवारिक सद्भाव पनि बढ्ने दखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नयाँनौलो समाचार सुन्न पाइएला सामाजिक काम र धर्मकर्ममा मन जानसक्छ। गरेका कामबाट राम्रै लाभ हुने र प्रेमीको सहयोग पनि मिल्नेछ।

सिंह –तपाईको आज निर्णय कार्यान्वयन हुन गारो हुनसक्छ भने स्वास्थ्यमा समस्या आउने सम्भावना रहेजो छ, जोशजाँगर र आत्मबलमा पनि कमी आउन सक्छ।

कन्या –   कन्या राशीका तपाइको आज एउटै कामबाट दोहोरो लाभ हुनेछ। बन्धुबाट सहयोग मिल्न सक्छ भने राजनैतिक कार्यमा सफलता हुनेछ। स्वादिष्ट खानेकुरा खान पाएने योग रहेको छ।

तुला – आज तपाइलाई सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्न सक्छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने र अरुलाई प्रभावित पारेर अधुरा काम बन्ने समय रहेको छ।

वृश्चिक – तपाईको आज नयाँ कार्यको योजना बन्न सक्छ। नजिकको मित्रसँग भेटघाट हुने र परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि रहेको छ।

धनु – तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने समय रहेको छ।

मकर - मकर राशीका तपाईको आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ भने विपरित वर्गबाट विशेष सहयोग मिल्न सक्छ। जोशजाँगर र हिम्मत बढेर जाला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला। धार्मिक कृत्यमा सहभागी बन्नु हुनेछ। आफन्तको प्रगतिमा मन रमाउने र नयाँ कार्यको अवसर पनि मिल्न सक्छ।

मिन –तपाईको आज रोकिएका काम पुनः सुरु हुन सक्नेछन। जोशजाँगर र उमङ्ग बढेरजाला। वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र साहित्यिक क्षेत्रमा रुचि हुने समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप