Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज १७ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असोज १७ गते, असोज कृष्ण षष्ठी तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज मुद्दा मामिलामा सफलता मिल्ने  र भाग्यले विभिन्न अवसर दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ हुनेछ।

वृष  तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। भोजभातेर सभासमारोह, धार्मिक, सांस्कृतिक कार्यमा सरिक हुने अवसर जुट्नेछ।

मिथुन - तपाई आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न सकिदैन, समय प्रतिकुल भई कुलतमा मन जानसक्छ। घर परिवारमा झैझमेलाको अवस्था सृजना होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वस्त्र पनि लाभ हुने र मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने दिन रहेको छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नाले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

सिंह तपाईको आज न्यायिक कार्यमा सफलता मिल्ने र शुभकार्यको चर्चा हुनेछ। महिला वर्गबाट विशेष सहयोग प्राप्त होला। आर्थिक क्षेत्र मजबुत रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ हुनाले धन हात पर्न सक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। भौतिक साधन जुटाउने समय रहेको छ।

तुला - तपाइको आज दिनको उत्तरार्धमा बढी धन खर्च हुनसक्ने हुनाले गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु आवश्यक हुनेछ।

वृश्चिक  तपाईको आज राजनैतिक क्षेत्रमा सफलता मिल्नाले विद्या र बुद्धिको विकास होला। सजिलै अरुको विश्वास जित्न सकिएला। आकस्मिक धन पनि लाभ हुने देखिन्छ।

धनु  तपाइको आज वाहन सुख पनि मिल्ने र धर्मकर्म तथा समाजसेवामा मन जानेछ। राज्यबाट मानसम्मान पाइएला। छोटो दुरीको लाभदायक यात्रा हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर आउनाले मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा होलान।

कुम्भ - कुम्भ राशीका तपाइको आज चोटपटक पनि लाग्न सक्ने हुनाले स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला। अरुको भलाइका लागि दौडधुप गर्नु पर्ने हुनसक्छ। घरायसी विवाद बढ्ला।

मिन – तपाइको आज सुन्दर पहिरनले व्यक्तित्वमै निखारता ल्याउनाले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय  छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप