शुभ बिहानी, आज २०८० साल मंसिर ९ गते, कार्तिक शुक्ल त्रयोदशी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज शुभकार्यको
चर्चा हुनेछ, व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव
मिल्ने र नयाँ योजना पनि बन्नेछ।
वृष – तपाइको आज शिक्षामा सामान्य सफलता मिल्ला। महत्त्वपूर्ण कामको थालनी होला। मनमा शान्ति र
प्रसन्नता छाउनेछ भने समाजसेवामा मन पनि जाला।
मिथुन - तपाईको आज मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ र आफ्नो अधिकार
प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज बिनाप्रतिस्पर्धा
फाइदा , घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्ने र नसोचेको ठाउँबाट धनागम
हुने योग छ।
सिंह – तपाईको आज
वित्तिय संस्थाबाट सहयोग पाइएला। महिला
वर्गबाट विशेष सहयोग मिल्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन।
कन्या - कन्या राशीका तपाईको आज नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नुका साथै आफ्नो
क्षेत्रमा नयाँ योजना बनाउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।
तुला - तपाइको आज चोटपटकको भय रहेकोले बढी सचेत रहनुहोला। मालसामान हराउन सक्नेछ।
सहकर्मीबाट विरोध आउनाले गलत निर्णय लिन पुगिएला विचार गर्नुहोला।
वृश्चिक – तपाईको आज साथीभाइसँग समय बित्नेछ। स्वादिष्ट सुखद् भोजन पाइएला।
पार्टी तथा सेमिनारमा सहभागी भइने छ। प्रयत्न गरे फाइदा लिन सकिएला।
धनु – तपाइको आज नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्ला। स्वादिष्ट खानपिन खान पाइने र एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न रहला।
मकर - मकर राशीका तपाइको आज कृषि
कारोबारमा सफलता पाइएला। ठीक समयमा सही निर्णय
लिन सकिनेछ। कलासाहित्यमा रुचि बढ्ने र सामाजिक कार्य अघि बढ्नेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज शेयर बजारले साथ
दिने तर आफ्नो विचार विपरित निर्णय हुनेछ, गरेको काममा ढिलासुस्तीका साथै
साझेदारीमा पनि उल्झन आउन सक्छ।
मिन – तपाइको आज वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ। सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता पाइएला। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता