Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २० गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल मंसिर २० गते, मंसिर कृष्ण नवमी तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज पारिवारिक जमघटको वातावरण  बन्नसक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। शेयर बजारले साथ दिनेछ।

वृष  तपाइको आज क्रोध, प्रतिशोध र रिसराग माथि नियन्त्रण गर्नु राम्रो होला। मालसामान हराउन सक्ने र ससाना समस्यामा अल्झनुपर्ने हुनसक्छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा होला, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज उत्साहजनक सफल यात्राको योग रहेको छ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। धैर्य एवं लगनशीलताले बढी अवसर दिनेछ।

सिंह तपाईको आज सामाजिक क्षेत्रमा सफलता पाइएला। रोकिएका महत्त्वपूर्ण कामको थालनी हुने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साँझमा खर्च बढ्ने योग रहेको छ। सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न सकिएला।

तुला - तपाइको आज लाभदायक र फाइदा मूलक योजना बन्ला। ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक  तपाईको आज भाग्यले विभिन्न अवसर पनि जुराउला। राजनैतिक तथा समाजसेवामा मन जाने र वाक्चातुर्यले सङ्कल्प सिद्ध हुने समय छ।

धनु  तपाइको आज साथीभाइले पनि राम्रै सहयोग गर्नेछन। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ भने मन पनि प्रसन्न रहला।

मकर - मकर राशीका तपाइको आज साझेदारीको काममा उल्झन आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज व्यापार सामान्य नै रहला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। रोकिएको धन हात पर्ने र न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

मिन – तपाइको आज आर्थिक कारोबार कमजोर रहनेछ। रोकिएका काम पुनः सुरु हुन सक्लान। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप