शुभ बिहानी, आज २०८० साल असार १८ गते, असार शुक्ल पुर्णीमा
तिथी सोमबार। आज गुरु पुर्णीमा।
न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आजबाट आयआर्जनका
क्षेत्रमा सुधार हुनेछ। जटिल ठानिएको काम बुद्धिको उपयोग गर्दा सम्पादन हुन होलान।
वृष - तपाईको
आज कार्य सम्पादनमा समस्या आउनसक्छ। पारिवारिक
उल्झनमा परि काम बिग्रिने र सरकारी निकायको भय पनि रहिरहला।
मिथुन - तपाईको
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने तथा
वित्तिय संस्थाबाट सहयोग पाइने र प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज नयाँ र शुभकार्यको चर्चा हुनेछ। कुनै कुराले मनमा
शान्ति छाउने तथा सफलता र उपहार पाइने सम्भावना पनि छ।
सिंह – तपाईलाई आज
मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति होला। अरुलाई प्रभावित पारेर काम गर्न
सकिएला। कला र गलाको प्रभाव पर्नेछ।
कन्या - कन्या राशीका तपाईको आज स्वास्थ्यप्रति सजग रहनु आवश्यक होला नत्र अन्यथा
धन खर्च हुनसक्छ। शरीर भारी र मन अस्थिर रहने तथा मनमा चञ्चलता बढ्नसक्ने समय छ।
तुला - तपाइको आज जोशजाँगर र
हिम्मत बढ्नुका साथै नयाँ काम वा रोजगार पाइने तथा धार्मिक कार्यमा सफलता मिल्ने।
शुभकार्यको चर्चा पनि हुने समय छ।
वृश्चिक – तपाईको आज चिताएको कामले तीव्रता लिनसकछ। व्यापारव्यवसायबाट
फाइदा हुने र महिला मित्रबाट विशेष सहयोग पाइने छ।
धनु – तपाइको आज धर्मकर्म, तथा
समाजसेवामा मन जाने, अरुको मन जित्न सकिने, शुभकार्यको योजना हुने तथा साँझमा भने
खर्च बढ्ने योग छ।
मकर - मकर राशीका तपाइको आज अनावश्यक
यात्रा होला। आफन्तसँग मनमुटाव बढ्ने देखिएको छ। गलत आश्वासन बाँड्नाले आफैलाई
समस्या आउला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज मङ्गल कार्यको योजना
बन्ने, कृषि कार्यमा सहभागी भइने र नयाँ रोजगारको अवसरले पाइने तथा स्वादिष्ट
खानेकुरा पनि मिल्ने समय छ।
मिन –
तपाइको आज आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सजिलै सक्नुहोला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने
र दाम्पत्य जीवन सुखमय बन्ने योग छ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता