Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज भदौ ५ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल भदौ ५ गते, साउन शुक्ल षष्ठी तिथी मंगलबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछन।

वृष  तपाइको आज सामान हराउन सक्ला। सहयोग गर्नेहरूले झुक्याउने र आफूलाई कमजोर भएको अनुभूति होला।

मिथुन - तपाईको आजको दिन मनोरञ्जनपूर्ण समय रहेको छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नुका साथै अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनला। नोकरी गर्नेले मानसम्मान पाउलान। लाभदायक यात्राको सम्भावना पनि रहेको छ।

सिंह तपाईलाई आज तर्क र विवादमा राम्रो सफलता मिल्ला। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ भने जटिल ठानिएको काम सम्पादन होलान।

कन्या - कन्या राशीका तपाईको आज कडा परिश्रम व्यर्थै खेर जानेछ। वैदेशिक कार्यमा अवरोध हुने र कताकता स्मरण शक्ति कमी भएको आभास हुनसक्छ।

तुला - तपाइको आज रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा होलान।

वृश्चिक  तपाईको आज नयाँ र महत्त्वपूर्ण कार्यको थालनी होला। वैदेशिक क्षेत्रका कार्य अघि बढ्लान। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि रहेको छ।

धनु  तपाइको आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्न सक्छ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा होला। न्यायिक कार्यमा सफलता मिल्ला।

मकर - मकर राशीका तपाइको आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ। दबाब र तनाव बढेको महसुस होला। यात्रामा सावधानी अपनाउनु जरुरी हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान दिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। चिताएको कामले तीव्रता लिनेछ।

मिन – तपाइको आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। परिवारजनको साथले नयाँ आशा दिनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप