Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १९ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल भदौ १९ गते, भदौ कृष्ण षष्ठी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धर्मकर्म तथा समाज सेवामा मन जानेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्ला।

वृष – तपाइको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला, अल्छीपना पनि बढ्न सक्छ।

मिथुन - तपाई आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्न सक्छ। अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने, पराक्रम बढ्नुका साथै धन लाभ हुने, प्रेम जीवन पनि सफल रहने योग छ।

सिंह – तपाईको आज भाग्यले साथ देला। रोकिएका अधुरा कामहरू पुरा होलान। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै आफन्तसँग भेटघाट पनि हुनसक्छ।

कन्या - कन्या राशीका तपाईको आज सानातिना समस्यामा अल्झिनुपर्नेछ। दबाब र तनाव बढेको महसुस होला। खानपिन प्रति सजग रहनु होला।

तुला - तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। धार्मिक तथा समाजसेवामा मन जानेछ। नजिकको व्यक्तिबाट सहयोग पाइला।

वृश्चिक – तपाईको आज आफन्त र मित्रवर्गको सहयोग पाइने छ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल मिल्ला। टाढाको यात्राको सम्भावना रहेको छ।

धनु – तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। साहित्यिक क्षेत्रमा रुचि बढेर जाला।

मकर - मकर राशीका तपाइको आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्ला नभए समस्या बढ्न सक्ला। नियमित खर्चसमेत बढ्ने छ, तर साँझमा मन प्रसन्न होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिएलान। अरुलाई प्रभावित पारेर काम बन्ने र  लाभदायी यात्रा पनि हुने सम्भावना छ।

मिन – तपाइको आज रमाइलो यात्रा हुने, आफन्तबाट सहयोग प्राप्त हुने, नयाँ कार्यको थालनी हुने र पढाइ लेखाइमा प्रगति हुने योग रहेको छ। ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप