Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज १८ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल असोज १८ गते, असोज कृष्ण षष्ठी तिथी बिहिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज परीक्षा र पढाईमा राम्रै सफलता मिल्नेछ, अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउला। मनोरञ्जनमा सहभागिता भइएला।

वृष  तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला, कला र गलाको प्रभाव बढेर जानेछ। अचल सम्पत्ति हात पर्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ।

मिथुन - तपाई आज बन्न लागेको काम बिग्रेला चुनौतीको सामना गर्नुपर्नेछ। आफूलाई कमजोर भएको अनुभूति होला। मन खिन्न हुने स्थिति आउनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापार व्यवसायमा औसत लाभ हुनेछ, लगनशीलताले र वैदेशिक क्षेत्रको कामकामहरू अगाडि बढ्लान।

सिंह तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्ला, आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नसक्छ। राजनीति अधिकारमा सफलता पाइएला।

कन्या - कन्या राशीका तपाईलाई आज वित्तिय संस्थाबाट र प्रेमीको सहयोग सहयोग मिल्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढेर जाला। स्वास्थ्यमा सुधार आउनेछ।

तुला - तपाइलाई आज आफू कमजोर भएको अनुभूति हुँदा खानपिनमा सजगता अपनाउनु होला। मनमा शङ्का उत्पन्न हुने र अनावश्यक धन खर्च पनि हुनसक्छ।

वृश्चिक  तपाईको आज धार्मिक यात्रा हुने, अरुलाई प्रभावित पारेर काम बन्ने, कार्य क्षेत्रमा प्रगति हुने र बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ।

धनु  तपाइको आज शुभकार्यको चर्चा पनि हुने र लगानीको वातावरण बन्नेछ। मुद्दा मामिला र न्यायिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ, नयाँ कामको थालनी होला। वैदेशिक कार्य अघि बढ्ने र वित्तिय संस्था बाट सहयोग पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज वैदेशिक कामहरू सहजै अघि बढलान। आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा उत्पन्न गराउँनेछन। स्वास्थ्य संवेदनशील रहला।

मिन – तपाइलाई आज सेयरबजारबाट लाभ मिल्नेछ, बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप