शुभ बिहानी, आज २०८० साल जेठ ४ गते, जेठ कृष्ण चतुर्दशी तिथी बिहीबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज सजिलै अरुको विश्वास जित्न सकिएला। विद्या र
बुद्धिको विकास होला। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइएला।
वृष - तपाईको
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। धार्मिक र
सांस्कृतिक कार्यमा सरिक हुने अवसर पाइएला।
मिथुन - तपाईको
आज शुभकार्यको चर्चा हुने र महिला वर्गबाट विशेष
सहयोग मिल्ने समय छ। आर्थिक शेयर बजारको क्षेत्र पनि मजबुत नै रहनेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज भाग्यले विभिन्न अवसर दिनेछ। आफन्तसँग
भेटघाट हुने र सफल यात्राको योग रहेको छ, स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ।
सिंह – तपाईको आज मनमा
हर्ष, उमङ्ग र उत्साह आउने छ। प्रेम र मित्रताको बन्धन
कसिने समय रहेको छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला।
कन्या - कन्या राशीका तपाइँको आज घर परिवारमा झैझमेलाको अवस्था आउनसक्छ।
स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक देखिन्छ। आर्थिक पक्ष पनि कमजोर होला।
तुला - आज तपाइको धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्ने र पारिवारिक साथ र समर्थन मिल्नु का साथै आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ।
वृश्चिक – तपाईको आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ला। नयाँ उद्योग वा
रचनात्मक काममा जुट्ने समय रहेकोछ। शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्ने समय छ।
धनु – तपाइको
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढेर
जानेछ। मनमा हर्ष,
उमङ्ग र उत्साह छाउने र वैदेशिक क्षेत्रको काम
अघि बढ्ने योग छ।
मकर - मकर राशीका तपाईको आज स्वास्थ्य
तथा सौन्दर्यतामा धन खर्च हुने र घरायसी विवाद बढ्न सक्ने छ त्यसैले वाणीमा लगाम लगाउन
आवश्यक होला।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज धर्मकर्म तथा
समाजसेवामा मन जानेछ। राज्यबाट मानसम्मान मिल्ने र छोटो दुरीको सफल र लाभदायक
यात्रा पनि हुने समय छ।
मिन -
तपाईको आज कुनै कुराले मनमा शान्ति छाउला। आँटेको
र ताकेको कार्य पुरा हुने र धार्मिक सभासमारोहमा सरिक हुने अवसर मिल्ने योग छ ।
राशिफलमा
जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन
- न्युज बहार संवाददाता