शुभ बिहानी, आज २०८० साल कार्तिक २३ गते, कार्तिक कृष्ण एकादशी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज राज्यबाट
सहयोग मिल्न सक्छ, धार्मिक तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता पाइएला।
शुभकार्यको चर्चा हुनेछ।
वृष – तपाइको आज स्वास्थ्य प्रति सजग रहनु होला, शुभ कार्यको
चर्चा हुनसक्छ। आफन्तबाट साथ र सहयोग पाइएला। भ्रमणको योजनाहरू बन्न सक्छन।
मिथुन - तपाईको आज कामको गति सुस्त हुनेछ, अरूको भरले मात्र
उद्देश्य पूरा नहुन सक्छ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसक्ने स्थिति आउला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सफल यात्रा होला,
सामाजिक क्षेत्रमा सफलता पाइएला। वैदेशिक कार्य अघि बढ्ने र कार्य सम्पादनमा सहजता
मिल्नेछ।
सिंह – तपाईको आज
आत्मिक सन्तुष्टि पनि मिल्ला, लगनशीलताले कामहरू अगाडि बढ्नेछन् भने वित्तिय
संस्थाबाट सहयोग र प्रेमीको पनि सहयोग पाइएला।
कन्या - कन्या राशीका तपाईको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
नयाँ कार्यको योजना बन्नेछ । ।
तुला - तपाइको आज साहित्यिक
क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग रहेको छ भने पढाइमा बाधा आउला।
यात्रामा सावधानी अपनाउनु होला, तर
जग्गाजमिनको कारोबार र वैदेशिक कार्यबाट राम्रो प्रतिफल मिल्ला।
वृश्चिक – तपाईको आज दैनिक कार्यमा प्रगति होला, प्रेमीको सहयोग पाइएला।
अतिथिको रूपमा सत्कार पाइने र वैदेशिक क्षेत्रबाट सफलता मिल्ने समय छ।
धनु – तपाइको आज राज्यबाट मान सम्मान पाइएला, शुभकार्यको चर्चा हुनेछ।
वित्तिय संस्थाबाट सहयोग पाइने र आँटेको तथा ताकेको कार्य पुरा हुनसक्छ।
मकर - मकर राशीका तपाइको आज स्वादिष्ट
भोजन पाइनेछ, शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम
र प्रतिष्ठा कमाउने र परिवारमा सुख सन्तोष छाउने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज अधुरो वैदेशिक
क्षेत्रको कार्यहरू अघि बढ्लान, राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्नेछ।
महत्त्वपूर्ण अवसर गुम्न सक्ला।
मिन –
तपाइको आज पारिवारिक
सद्भाव बढ्ने र मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्न सक्छ।
जोशजाँगर र हिम्मत बढेर जानेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता