शुभ बिहानी, आज २०८० साल असोज ७ गते, भदौ शुक्ल नवमी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज प्रियजनको साथ र मित्रबाट
विशेष सहयोग पाइएला। त्यसैगरी वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र नसोचेको
ठाउँबाट धनागम पनो हुनसक्छ।
वृष – तपाइले आज आफूलाई कमजोर भएको अनुभूति गर्नुहुनेछ। सानातिना
समस्यामा अल्झनुपर्नाले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।
मिथुन - तपाईलाई
आज भूमि र नयाँ वस्त्र तथा अलंकार लाभ हुनेछ। न्यायिक
कार्यमा तथा सामाजिक क्षेत्रमा सफलता मिल्ला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सेवा र
धर्मकर्ममा मन पनि जाँदा भाग्यले साथ पनि देला। दाम, इनाम र प्रतिष्ठा कमाउने तथा रमाइलो यात्राको योग छ।
सिंह – तपाईको आज
शुभ समाचार सुन्न पाइनुका साथै छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ। शैक्षिक
क्षेत्रमा सफलता मिल्ने तथा नजिकको व्यक्तिबाट सहयोग प्राप्त होला।
कन्या - कन्या राशीका तपाईको आज अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नुपर्ने
देखिन्छ। निर्णायक क्षमतामा कमी आउनसक्छ। प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न
होला।
तुला - तपाइको आज मनोबल उच्च
रहनाले प्रतिष्ठित काम गरेर अवसर हात पार्ने र जोशजाँगर, उमंग बढ्ने तथा धर्मकर्म एंव
समाज सेवामा मन लाग्ने समय छ।
वृश्चिक – तपाईको आज साथी भाइसँग भेटघाट हुनाले मन प्रफुल्ल रहने तथा धर्मकर्म
र समाजसेवाबाट सफलता पाइने र आँटेको, ताकेको कार्य पुरा होलान।
धनु – तपाइको आज स्वास्थ्यमा सुधार पनि आउला। साथीको याद बढी आउने
र शिक्षामा सफलता मिल्ने तथा श्रमको उचित मूल्याङ्कन पनि हुने देखिन्छ।
मकर - मकर राशीका तपाइको आज स्वास्थ्य
प्रति र यात्रा गर्दा सचेत हुनुपर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने तथा
साँझमा आर्थिक लाभ मिल्नसक्ने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न हुँदा राज्यबाट मान सम्मान पाइएला। कुटुम्बको सहयोग र विद्या
र बुद्धिको विकास पनि होला।
मिन –
तपाइको आज बोलीको
प्रभावले अरुको मन जित्न सकिएला, शुभकार्यको चर्चा चल्ने र साहित्य तथा सङ्गीतमा
रुचि बढ्नुका साथै दाम्पत्य जीवन पनि सुखमय रहला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता