Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २१ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल असोज २१ गते, असोज कृष्ण नवमी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ, बाटोमा दुःख हुन सक्ने हुनाले यात्रा गर्दा ध्यान दिनुहोला। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन।

वृष – तपाइको आजको दिन धन सञ्चयको अवसर प्राप्त हुने र व्यवसायिक लाभ हुने खालको छ, हाँसखेल र मनोरञ्जनपूर्ण समय बित्ने र प्राविधिक कार्यमा लगाव बढ्न सक्छ।

मिथुन - तपाई आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ, नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रोकिएका काम पुनः सुरु हुन सक्नेछ, धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण होला। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम रहला।

सिंह – तपाईको आज आम्दानीमा कमी आउनाले घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला। झिनामसिना काममा धेरै समय खर्चनु पर्ला।

कन्या - कन्या राशीका तपाईको आज परोपकारी कार्यमा संलग्न भइएला, परिणाममुखी जिम्मेवारी वहन गर्ने र मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने समय आएको छ।

तुला - तपाइलाई आज सजिलै अरूको मन जित्न पनि सकिएला परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला। शेयर बजारले पनि साथ दिनेछ।

वृश्चिक – तपाईको आज राजनैतिक क्षेत्रमा सफलता मिल्नाले कला र गलाको प्रभाव बढेर जानेछ। भाग्यले विभिन्न अवसर दिनेछ। विपरीत वर्ग प्रति आकर्षण बढेर जाला।

धनु – तपाइको आज आज ठूलो लगानी गर्नु उपयुक्त नहोला, समय मध्यम खालको रहेको छ। आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइएला, आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होलान।

कुम्भ - कुम्भ राशीका तपाइको आज समाज र परोपकारका समय बित्न र कसैलाई परदेशी घर फर्कने योग रहेको छ। घरपरिवारमा रमाइलो वातावरण छाउला।

मिन – तपाइको आज रचनात्मक कार्यमा जुट्दा फाइदा हुनसक्छ, बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा पाइएला। धार्मिक कार्यमा संलग्न भइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप