Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख १७ गते आइतबारको राशीफल।

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल बैशाख १७ गते बैशाख शुक्ल दशमी  तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रमाइलो यात्राबाट दीर्घकालिक फाइदा हुनेछ, लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने योग छ।

वृष - तपाईले आज आफूलाई कमजोर भएको अनुभूति होला। आफन्त सँग मनमुटाव बढ्ने र सामान हराउने छ, सचेत रहनु होला।

मिथुन - तपाईले आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला। बुद्धिको उपयोगले जटिल ठानिएको कामसमेत पुरा हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेकोछ। अधुरा र जटिल ठानिएको कामसमेत पुरा हुने समय छ।

सिंह – तपाईको आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा होला। न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

कन्या - कन्या राशीका तपाइलाई आज विचार पुर्याएर निर्णय लिनु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्ला।

तुला - आज तपाइको एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउनुहोला। लाभदायक यात्राको सम्भावनालाई रहेको छ।

वृश्चिक – तपाईलाई आज सफल यात्रा गर्ने अवसर प्राप्त होला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने योग छ।

धनु - तपाइको आज शुभकार्यको चर्चा चल्नेछ भने बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको होला, तर शेयर बजारमा नोक्सानी हुनसक्छ।

मकर - मकर राशीका तपाईको आज दबाब र तनाव बढेको महसुस गर्नुहोला। कार्य सम्पादनमा समस्या आउने र जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्नेछ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज नयाँ काम गर्न सकिने र सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिएलान। सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढेर जाला।

मिन - तपाईको आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समयको छ। पारिवारिक सुख पनि मिल्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

 

  • न्युज बहार संवाददाता

थप