Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ६ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | ६ असोज २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असोज ६ गते, भदौ शुक्ल अष्टमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बुद्धिको उपयोग गरी काम गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ला, अधिकार प्राप्त गर्न गरिएको प्रतिस्पर्धामा विजयी भइएला।

वृष – तपाइको आज साँझमा शुभ समाचार पाउनुहुनेछ भने शेयर बजारले साथ देला  तर दबाब र तनाव बढेको महसुस हुनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर पनि छ।

मिथुन - तपाई आज सहयोगीको सङ्गतले फाइदा हुने काम गरिएला। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनसक्छ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास होलान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामाजिक र धर्मकर्मको क्षेत्रमा मन जानेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। चिताएको कामले तीव्रता हासिल गर्नेछ।

सिंह – तपाईको आज नोकरी गर्नेले मानसम्मान पाउनु होला। लाभदायक यात्राको सम्भावना पनि छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज आफन्तसँग मनमुटाव बढ्नसक्छ, आफूलाई कमजोर भएको अनुभूति होला। सामान हराउन पनि सक्ने  भय रहेकोले सचेत हुनुहोला।

तुला - तपाइको आज कसैकसैका लागि सन्तान सुखको, रोकिएका काम पुनः सुरु हुने र ठेक्कापट्टा तथा घर जग्गाको कारोबारमा सफल भइने योग रहेको छ।

वृश्चिक – तपाईको आज शेयर बजारको लगानी लाभदायक नहुन सक्ने, धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र ज्ञान, अध्यात्मको भावना बढ्ने समय छ ।

धनु – तपाइको आज कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्ने हुनाले समय मध्यम खालको रहला। तपाइको लागि संयमता अपनाउनु नै बुद्धिमानी होला ।

मकर - मकर राशीका तपाइको आज महत्त्वपूर्ण अवसर गुम्न सक्ला। स्वास्थ्यप्रति सजग रहनु आवश्यक हुनेछ। दबाब र तनाव बढेको महसुस गर्नुहोला। यात्रामा सावधानी अपनाउनु जरुरी रहनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कुनै कुराले मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ। रमाइलो यात्राको सम्भावना रहेकोले स्वास्थ्य सबलनै रहला।

मिन – तपाइको आज लामो समयदेखि रोकिरहेका अधुरा कामहरू पुरा पनि हुने र रमाइलो यात्राको सम्भावना पनि रहेको छ त्यसबाट दीर्घकालिक फाइदा अवश्य हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप