आज फागुन १३ गते फागुन शुक्ल षष्ठी तिथी शनिबार । तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले राशिफल लिएर आएका छौं हेरम आजको राशिफल।
मेष – आज तपाइलाई एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ त्यस्तै जोश जाँगर र हिम्मत पनि बढ्नेछ र बन्धु बान्धवबाट सहयोग
मिल्नेछ । ।
वृष – आज तपाइले गरेका कामबाट राम्रै लाभ हुनेछ । मन प्रसन्न रहने र
मनमा शान्ति मिल्नेछ र दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ भने धर्मकर्ममा मन
लाग्नेछ ।
मिथुन – व्यवसायमा सफलता पाइनुका
साथै मनमा हर्ष, उमङ्ग
र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहने छ र आफन्तसँग
रमाइलो भेटघाट हुनेछ ।
कर्कट – आज सामाजिक कार्यमा सफलता हात लाग्नेछ
। आज परिणाममुखी जिम्मेवारी पनि वहन गर्ने समय आएको छ । धार्मिक कृत्यमा सहभागी
बन्नु पर्नेछ ।
सिंह – तपाईको आज लाभ,हानी, आय,व्यय, सुख,दुख बराबरी खालको समय रहनेछ भने
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ ।
कन्या – बिनाप्रतिस्पर्धा
फाइदा हुन सक्छ । आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको योजना बन्नु
का साथै जोश जाँगर र हिम्मत बढ्ने ।
तुला – तुला राशी हुनेहरुका लागी आजनजिकका व्यक्तिबाट कार्यमा वाधा
आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव पनि आउन सक्छ र अनावश्यक
ठाउँमा धन खर्च हुने योग छ ।
वृश्चिक – तापईको आज नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आज फागुन १३ गते शुलक षष्ठी शनिबार । तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले राशिफल लिएर आएका छौं हेरम आजको राशिफल।
धनु – आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा
धार्मिक कार्यमा रुचि बढ्नेछ । तपाईलाई पहेंलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन
सहयोग पुर्याउनेछ ।
मकर – आज तपाईको रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् ।
कृषि कार्य अघि बढ्नेछ भने साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।
कुम्भ – आज तपाइको जिद्दीपनाले गर्दा
काम बिग्रने डर छ त्यस्तै महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन
खर्च हुनेछ । सरकारी निकायको भय रहला ।
मिन – आज तपाइलाई आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । तपाइले आँटेको र ताकेको कार्य पुरा
होला भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
राशिफलमा जे लेखिए
पनि
तपाईंको आज शुभ रहोस् शुभदिन ।