Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन १ गते, साउन कृष्ण  औशीं तिथी सोमबार। आज लुतो फाल्ने दिन। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज दैनिक कार्यमा प्रगति होला। धार्मिक तथा समाजसेवामा मन लाग्ला। लगनशीलताले कामहरू अगाडि बढ्ने र दिनको उत्तरार्ध सुखद् रहला।

वृष - तपाईलाई आज रोकिएका अधुरा कामहरू पुरा हुने, बोलीको प्रभाव बढ्ने र नयाँ, मङ्गल कार्यको, चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुने योग छ।

मिथुन - तपाईको आज आँटेको र ताकेको कार्य पुरा होलान। मनोरञ्जनको क्षेत्रमा रुचि बढ्ला। विशिष्ट व्यक्तिको सहयोग पाइनुका साथै व्यापारमा पनि सफलता मिल्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। मनमा छटपटी बढ्नाले मन कमजोर होला, तर साँझमा कार्य सम्पादन हुनसक्ने योग छ।

सिंह – तपाईको आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ला। न्यायिक कार्यमा सफलता पाइएला। शुभ समाचार सुन्न पाइनुका साथै नयाँ कार्यको थालनी हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज वैदेशिक क्षेत्रको काम अघि बढ्ला। नयाँ कार्यको थालनी र पढाइ लेखाइमा प्रगति होला। रमाइलो यात्राको योग रहेको छ।

तुला - तपाइको आज विशिष्ट व्यक्तिको सहयोग पाइएला। धार्मिक क्षेत्रमा रुचि बढ्ला। आँटेको र ताकेको कार्य पुरा हुनुका साथै पार्टनरसिपको कार्यमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज आर्थिक कारोबारमा विवाद आउला। स्वास्थ्यमा समस्या र चोटपटकको भय रहेको छ, तर आस्था र मायाँ बडेर जाला।

धनु – तपाइको आज काममा अपेक्षाकृत सफलता हात पर्न सक्छ। न्यायिक कार्यमा सफलता मिल्ने  तथा रोकिएको धन हात पर्ने र व्यापारमा पनि धनलाभ हुने योग छ।

मकर - मकर राशीका तपाइको आज नयाँ कार्यको थालनी होला। अरुलाई प्रभावित पारेर काम बन्ला। सांगीतिक क्षेत्रमा रुचि बढ्नुका साथै वैदेशिक क्षेत्रमा सफलता मिल्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वादिष्ट भोजन पाइने, महिला वा मित्रबाट विशेष सहयोग मि, वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्ने समय छ।

मिन – तपाइको आज जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिएको छ। सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप