Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज १९ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज १९ गते, असोज कृष्ण सप्तमि तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो हुनेछ, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ला।

वृष  तपाइको आज व्यापार व्यवसायमा सफलता होला, मित्रहरूले सहयोग गरी तपाईंलाई खुसी राख्लान। कूटनीतिक नियोगको सहयोग पनि मिल्नेछ।

मिथुन - तपाईलाई आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ राजनीति अधिकारमा सफलता हात पर्ला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वैदेशिक क्षेत्र कमजोर हुनसक्छ, अनावश्यक ठाउँमा धन खर्च होलान। आफ्नो विचार विपरित निर्णय गर्न पर्दा कामहरू अधुरै रहलान्।

सिंह तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनाले नयाँ कामको थालनी होला। वैदेशिक कार्य अघि बढ्नुका साथै वित्तिय संस्था बाट सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज शुभकार्यको चर्चा हुनेछ, मुद्दा मामिलामा सफलता पाइएला। जीवनसाथीसँग राम्रो आहार विहारका साथै रमाइलो समय बिताउनु होला।

तुला - तपाइलाई आज नयाँ ज्ञान सिक्ने मौका मिल्नाले कला र गलाको प्रभाव बढ्ने देखिन्छ। अचल सम्पत्ति हात पर्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ।

वृश्चिक  तपाईले आज आफूलाई कमजोर भएको अनुभूति गर्नुहुनेछ, खानपिनमा सजगता अपनाउनु होला। मनमा शङ्का उत्पन्न हुनसक्छ। अनावश्यक धन खर्च पनि होला।

धनु  तपाइलाई आज आफन्तको सहयोग प्राप्त होला, बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ।

मकर - मकर राशीका तपाइको आज धनमाल हात पर्न सक्ने शुभ समाचार सुन्न पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने र शिक्षामा सफलता मिल्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज धार्मिक यात्रा हुने, अरुलाई प्रभावित पारेर काम बन्ने, कार्य क्षेत्रमा प्रगति हुने, बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ।

मिन – तपाइको आज साँझमा कतैबाट शुभ समाचार सुन्न पाइएला, मनमा विना कामका चिन्ताले सताउँला। नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्ने सम्भावना छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप