शुभ बिहानी, आज २०८० साल भदौ २९ गते, भदौ कृष्ण औंसी तिथी शुक्रबार । आज राष्ट्रिय बाल दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आत्मबलमा
वृद्धि र सन्तुष्टि तथा प्रेमीको सहयोग प्राप्त होला। अतिथिको रूपमा सत्कार पाइनेछ।
राज्यबाट सहयोग मिल्न सक्छ।
वृष – तपाइको आज भ्रमण, खानपान
तथा फेसनमा धन खर्च बढ्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति होला। महत्वपूर्ण अवसर
गुम्न सक्ला।
मिथुन - तपाईको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता थप्नेछ।
धार्मिक यात्राको हुने, नयाँ कार्यको योजना बन्ने र साहित्यिक क्षेत्रमा रुचि बढ्ने
योग छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज विद्या तथा
प्रतिष्पर्धामा सफल भइने, लगनशीलताले कामहरू अगाडि बढ्ने, प्रेमीको सहयोग पाइने र
आत्मिक सन्तुष्टि मिल्ने समय छ।
सिंह – तपाईको आज
कार्य सम्पादनमा सहजता होला। सामाजिक क्षेत्रमा सफलता मिल्ने र वैदेशिक कार्य अघि
बढ्ने तथा कुटुम्बको सहयोग मिल्न सक्छ।
कन्या - कन्या राशीका तपाईको आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्ला, काम गर्दा सजग भएर गर्नुहोला। मन खिन्न हुने स्थिति
आउला। अनावश्यक झमेलामा परिने सम्भावना छ।
तुला - तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, स्वादिष्ट भोजन पाइने, शुभकार्यको
चर्चा चल्ने र परिवारमा सुख सन्तोष छाउने समय छ।
वृश्चिक – तपाईको आज जोशजाँगर र हिम्मत बढ्ला। मनोरञ्जनमा सहभागी भइनेछ।
बन्धु बान्धवबाट सहयोग पाइएला। पारिवारिक सद्भाव बढेर जानेछ।
धनु – तपाइको आज प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। मन पर्ने
वस्त्र, अलंकार आदि उपहार पाइने र स्वादिष्ट भोजनको योग छ।
मकर - मकर राशीका तपाइको आज मानसिक
चित्त दुख्ने समाचार सुन्नु पर्ला। आम्दानीभन्दा खर्च ज्यादा हुने तथा टाढाको
यात्रा पनि नगर्नु नै राम्रो होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफन्तको सहयोग
प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। अचल सम्पत्ति हात पर्ने र शुभ
समाचार सुन्न पाइने योग छ।
मिन –
तपाइको आज परोपकारी
कार्यमा संलग्न भइएला। धार्मिक तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता
मिल्ने र शुभकार्यको चर्चा पनि हुनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता