Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज डोलेश्वर मन्दिरमा चारै ढोका खोलिने ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज चारै ढोका खोलिने भएको छ । आज भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा मन्दिरका चारै ढोका खोलिनुका साथै आज भक्तजनले महादेवको शिला छोएर पूजा गर्न पाइने भएको छ ।

भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको थियो । डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज भदौ ६ गते भएकाले केदारनाथको शिर मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएका हुन ।

समितिले डोलेश्वरमा वर्षको तीन दिन अक्षय तृतीया, महाशिवरात्रि र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

  • न्युज बहार संवाददाता

थप